मंसिर १ गतेबाट मादक पदार्थ बिक्री वितरणमा रोक

मंसिर १ गतेबाट मादक पदार्थ बिक्री वितरणमा रोक

काठमाडौं । आगामी मंसिर १ गते रातीदेखि मतगणना सम्पन्न नभएसम्मका लागि निर्वाचन आयोगले मादक पदार्थ बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले निर्वाचन प्रचारप्रसारको मौन अवधिसँगै मादक पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउन निर्देशन दिने निर्णय गरेको हो ।

मौन अवधिदेखि मतगणना सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाउन निर्णय गरेको हो ।

यदि अटेर गरेमा जफत र जरिवाना गर्न समेत गृह मन्त्रालयमार्फत आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.