दैलेखको दुल्लु नगरपालिकामा काँग्रेसका भरत रिजाल १३३ मतान्तरले विजयी

दैलेखको दुल्लु नगरपालिकामा काँग्रेसका भरत रिजाल १३३ मतान्तरले विजयी

दैलेख । दैलेखको दुुल्लुु नगरपालिकामा मिश्रित परिणाम आएको छ । दुुल्लुु नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार भरत रिजाल निर्वाचित भएका छन् भने उप–प्रमुख पदमा नेकपा एमालेकी बीना कार्की निर्वाचित भएकी हुुन् ।  काँग्रेसका रिजालले उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र शाहीलाई १३३ मतले पराजित गरेका हुन् । उनले कूल ७ हजार ७२५ मत प्राप्त गरेका हुन् भने एमालेका शाही ७ हजार ५९२ मत प्राप्त गरेका थिए ।

यसैगरी नगर उपप्रमुख पदमा एमालेकी कार्कीले गठबन्धनका तर्फबाट नेकपा माओवादीका टेकबहादुर खड्कालाई ७३ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ७ हजार १६० मत ल्याउँदा खड्काले ७ हजार ८७ मत प्राप्त गरे । दुल्लु नगरपालिकाका १३ वडाहरुमध्ये नेकपा एमालेले ६ वटा वडाहरु जितेको छ भने नेपाली काँग्रेसले ३ वटा वडाहरुमा विजय हासिल गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले ४ वटा वडामा विजय हासिल गरेको छ ।

दैलेख जिल्लाको निर्वाचन क्षेत्र नं. २ को सबैभन्दा ठूलो स्थानीय तह दुल्लु नगरपालिकामा २०७४ सालमा नेपाली काँग्रेसका घनश्याम भण्डारीले ६ हजार ३ सय ४९ मत ल्याएका थिए भने एमालेकी विष्णु थापाले ६ हजार ४७८ मत ल्याएर निर्वाचित भएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.