भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दैलेख १ (क) बाट कांग्रेसका खत्री निर्वाचित

दैलेख १ (क) बाट कांग्रेसका खत्री निर्वाचित

कर्णाली । दैलेख क्षेत्र नं १ (क) प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित भएका छन् । खत्री विजयी भएपछि कर्णालीमा कांग्रेसले खाता खोलेको छ ।

खसेको १९ हजार नौ सय ९८ मतमध्ये ९ हजार ४ सय ६४ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन।

रेग्मीले आठ हजार ७२ मत प्राप्त गरे । राप्रपाका उम्मेदवार हृदयराज शाहीले एक हजार ७९, नेमकिपाका जगतबहादुर वलीले पाँच सय १५ र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले एक सय ९८ मत पाएका छन् ।

छ सय ७० मत बदर भएको र ३५ हजार चार सय ९९ मतदाता भएको उक्त क्षेत्रमा १९ हजार नौ सय ९८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.