दैलेख । क्षेत्र नम्बर २ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल कुमार शाही निर्वाचित भएका छन् । बिहान सम्पन्न मतगणना अनुसार शाही २० हजार १ सय ५८ मत ल्याएर विजयी भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीप्रसाद पोख्रेलले २० हजार ५ मत ल्याएर पराजित भए । पोखरेल ०७० मा संविधान सभा सदस्य बनेका थिए । विजयी शाही ०७४ मा २ (ख) मा एमालेका राजबहादुर शाहीसँग पराजित भएका थिए भने अहिले गठबन्धनको बलमा चुनाव जितेका हुन् ।
यो क्षेत्रमा ०४८ यता ६ वटा संसदीय चुनावमा कांग्रेसले २, नेमकिपाले १ र एमालेले तीन पटक चुनाव जितेको अवस्था छ । ०४८ मा कांग्रेसले जितेपनि ०५१ को मध्यावधि चुनाव नेमकिपाले जितेको थियो ।
०५१ मा नेमकिपाले जित्दा ०५६ मा पुनः कांग्रेसले चुनाव जितेको थियो । त्यस यता एमालेले चुनाव जित्दै आएको थियो ।
