भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

दोलखाको जोरमाने माेडमा बस दुर्घटना, १६ जना घाइते,दुई जनाको अवस्था गम्भीर

दोलखाको जोरमाने माेडमा बस दुर्घटना, १६ जना घाइते,दुई जनाको अवस्था गम्भीर

दोलखा । दोलखाको बैतेश्वर गाउपालिका गैरीमुदी जोरमानेदेखि काठमाडौंका लागि छुटेको बस दुर्घटना भएको छ । जोरमाने देखि काठमाडौंका लागि छुटेको बा २ ख ५४२९ नम्बरको बस गोपिखोलामा दुर्घटना हुँदा १६ जना घाइते भएका हुन ।आफै खटिनु भएको थियो

गोपिखोलामा भएको दुर्घटनामा घाइते भएका यात्रुको दोलखा अस्पतालमा र गम्भीर घाइतेलाई काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घाइतेलाई तत्काल उद्दार गरी उपचारको लागि सदरमुकाम चरिकोट पठाइएको र घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको बैतेश्वर गाउपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिनु भयाे । आफै खटिनु भएको थियो

तीब्र गतिको कारण घुम्ती मोड्ने क्रममा बस गोपिखोला मोडमा दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनसन्धानले देखाएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ । घाइतेकाे उद्दारमा बैतेश्वर गाउपालिकाका अध्यक्ष लामा आफै खटिनु भएको थियो ।आफै खटिनु भएको थियो

 


Thali Mobile Pvt.Ltd.