भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

‘गाउँ आएको बाटो’ इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट

‘गाउँ आएको बाटो’ इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट

काठमाडौं । नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल २०२३ मा छनोट भएको छ । नवीन सुब्बाको निर्देशनमा बनेको उक्त चलचित्र सेप्टेम्बर ७ देखि १७ सम्म चल्ने टोरन्टो फिल्म फेस्टिभलका लागि छनोट भएको हो ।

राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रमा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतार चढावलाई नियाल्ने प्रयास गरिएको छ । यो चलचित्र सामुदायिक लगानीको अवधारणामा निर्माण भएको हो ।

भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको चलचित्र गाउँ आएको बाटोमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायतको अभिनय रहेको छ ।

चलचित्र गाउँ आएको बाटो टोरन्टो फिल्म फेस्टिभलमा छनोट भएपछि निर्माण पक्षले एक विज्ञप्ति जारी गर्दै कलाकार, व्यवस्थापक, प्राविधिक लगायत चलचित्रमा आवद्ध सबैलाई धन्यवाद व्यक्त गरेको छ।

 


Thali Mobile Pvt.Ltd.