भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दोस्रो सानोठिमी मध्यपुर आन्तरिक तेक्वान्दो प्रतियोगिता हुने

दोस्रो सानोठिमी मध्यपुर आन्तरिक तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौं । स्वास्थ्यको लागि खेल, राष्ट्रका लागि खेल भन्ने नाराकासाथ दोस्रो सानोठिमी मध्यपुर आन्तरिक तेक्वान्दो प्रतियोगिता हुने भएको छ । सानोठिमी तेक्वान्दो डोजाङ्गको आयोजनामा हुने उक्त प्रतियोगिता मंसिर १८ गते शनिबारका दिन मध्यपुर व्याडमिन्टन एकेडमीमा सञ्चालन हुने तेक्वान्दो डोजाङ्ग अध्यक्ष इन्द्रभक्त चित्रकारले बताए ।

खेलका माध्यमबाट राष्ट्रिको शान उच्च राख्ने उद्धेश्यले आन्तरिक प्रतियोगिता गर्न लागेको उनको भनाइ छ । टिआईटिआईको हलमा बैठक बसेर प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति र जिम्मेवारी पनि बाडफाड गरिएको छ । जसको संयोजकमा श्रीराम बहादुर क्षेत्री, सहसंयोजकमा प्रल्हाद श्रेष्ठ रहेका छन् । रेफ्रि तथा जूरीहरुको व्यवस्थापनमा सस्थाका सदस्य अनिश बैद्यलाई जिम्मेवारी दिइएको छ ।

ट्रयाकसुट प्रायोजनका लागि उपाध्यक्ष चन्द्र कृष्ण श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको शुक्रबार मध्यपुर फुटवल चौरमा तौल लिने बैठकले निर्णय गरेको छ । प्रतियोगिता भव्य र सभ्य बनाउनका लागि सबैले आआफ्नो जिम्मेवारी पुरा गर्ने सदस्यहरुले बताएका छन् ।

बैठकमा संरक्षक नरेन्द्र थापा, अध्यक्ष इन्द्रभक्त चित्रकार, उपाध्यक्ष चन्द्र कृष्ण श्रेष्ठ, सचिव तेजकृष्ण श्रेष्ठ, सहसचिव सविता श्रेष्ठ, कोषाध्यक्ष प्रल्हाद श्रेष्ठ, सह कोषाध्यक्ष राम बहादुर क्षेत्री, सदस्य रोशन श्रेष्ठ, अनिश बैद्य, सुजन श्रेष्ठ, प्रकाश थापालगायतको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.