भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

दोस्रो सानोठिमी मध्यपुर आन्तरिक तेक्वान्दो प्रतियोगिता हुने

दोस्रो सानोठिमी मध्यपुर आन्तरिक तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौं । स्वास्थ्यको लागि खेल, राष्ट्रका लागि खेल भन्ने नाराकासाथ दोस्रो सानोठिमी मध्यपुर आन्तरिक तेक्वान्दो प्रतियोगिता हुने भएको छ । सानोठिमी तेक्वान्दो डोजाङ्गको आयोजनामा हुने उक्त प्रतियोगिता मंसिर १८ गते शनिबारका दिन मध्यपुर व्याडमिन्टन एकेडमीमा सञ्चालन हुने तेक्वान्दो डोजाङ्ग अध्यक्ष इन्द्रभक्त चित्रकारले बताए ।

खेलका माध्यमबाट राष्ट्रिको शान उच्च राख्ने उद्धेश्यले आन्तरिक प्रतियोगिता गर्न लागेको उनको भनाइ छ । टिआईटिआईको हलमा बैठक बसेर प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति र जिम्मेवारी पनि बाडफाड गरिएको छ । जसको संयोजकमा श्रीराम बहादुर क्षेत्री, सहसंयोजकमा प्रल्हाद श्रेष्ठ रहेका छन् । रेफ्रि तथा जूरीहरुको व्यवस्थापनमा सस्थाका सदस्य अनिश बैद्यलाई जिम्मेवारी दिइएको छ ।

ट्रयाकसुट प्रायोजनका लागि उपाध्यक्ष चन्द्र कृष्ण श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको शुक्रबार मध्यपुर फुटवल चौरमा तौल लिने बैठकले निर्णय गरेको छ । प्रतियोगिता भव्य र सभ्य बनाउनका लागि सबैले आआफ्नो जिम्मेवारी पुरा गर्ने सदस्यहरुले बताएका छन् ।

बैठकमा संरक्षक नरेन्द्र थापा, अध्यक्ष इन्द्रभक्त चित्रकार, उपाध्यक्ष चन्द्र कृष्ण श्रेष्ठ, सचिव तेजकृष्ण श्रेष्ठ, सहसचिव सविता श्रेष्ठ, कोषाध्यक्ष प्रल्हाद श्रेष्ठ, सह कोषाध्यक्ष राम बहादुर क्षेत्री, सदस्य रोशन श्रेष्ठ, अनिश बैद्य, सुजन श्रेष्ठ, प्रकाश थापालगायतको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.