भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

द्वन्दपीडित शिक्षक संघर्ष समिति न्यायको पर्खाइमा

द्वन्दपीडित शिक्षक संघर्ष समिति न्यायको पर्खाइमा

काठमाडौं । द्वन्द समाप्त भएको लामो समय बितिसक्दापनि द्वन्दपीडित शिक्षकले अझै न्याय नपाएको गुनासो द्वन्दपीडित शिक्षक केन्द्रीय संघर्ष समितिले जनाएको छ । शिक्षकहरुले देश, जनता र शैक्षिक क्षेत्रको परिवर्तन गर्नका लागी निरन्तर संघर्ष, योगदान र बलिदान गरेको इतिहास सर्वविदितै भएकोले न्याय पाउँनु पर्ने अध्यक्ष सर्पराज सिंहले बताए ।

२००६, २०१७, २०२८, २०३६ सालको जनमत संग्रह, २०४७ सालको जनआन्दोलनमा शिक्षकको योगदान भएपनि कैयौं शिक्षकहरुले जागीर गुमाउनु परेको तथा २०५२ सालमा सुरु भएको जनयुद्ध र जनआन्दोलनमा हजारौं शिक्षकले जागिर गुमाउनु परेको उनको भनाइ छ । परिवर्तनमा शिक्षकले पु–याएको योगदान राज्यले सम्मान गर्नु पर्नेमा उल्टै जागिर खोसेको गुनासो सिंहको छ ।

जुन उदेश्यका साग शिक्षकहरुले सहयोग गरेका थिए, जसका कारण निरङकुश राजतन्त्रको अन्त्य भयो र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो तर शिक्षकहरुलाई जागिर खोसेर अन्याय गरेको भन्दै अब सरकारले शिक्षक पुर्नवहाली गरेर न्याय दिनु पर्ने तर्क सर्पराज सिंहको छ ।

२०७१ सालमा दुर्ग बहादुर रावतको अध्यक्षतामा सम्पन्न भेलाले हरीभक्त नेपाली अध्यक्ष र सर्पराज सिंह महासचिव भएको २१ सदस्यीय द्वन्द पीडित शिक्षक केन्द्रीय संघर्ष समिति काठमाण्डौं गठन भयो । समस्या समाधान गर्नका लागि २०७५ भाद्र ११ गते राष्ट्रिय सभाका सदस्य जीवन बुढाको प्रमुख अतिथिमा सम्पन्न दोश्रो राष्ट्रिय भेलाले सर्पराज सिंह अध्यक्ष, विष्णु प्रसाद दाहाल महासचिवलगायतको संघर्ष समिति गठन भयो ।

द्वन्दपीडित शिक्षकहरुको पुनर्वहाली गर्न पटक पटक न्यायको ढोका ढकढक्याएको तर अहिले सम्म न्याय नपाएको गुनासो शिक्षकहरुको छ । अहिले सर्वोच्च अदालतले पुर्नवहालीको आदेश दिएको र सरकाले पनि द्वन्दका घाउ समाधान गर्न तर्फ सरकार केन्द्रीत भएर पीडित शिक्षकलाई न्याय दिनेमा विश्वस्त रहेको द्वन्द पीडित केन्द्रीय संघर्ष समिति सर्पराज सिंहले बताए ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

 


Thali Mobile Pvt.Ltd.