भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

धनगढीमा समाजवादी मोर्चाको सन्देश सभा

धनगढीमा समाजवादी मोर्चाको सन्देश सभा

धनगढी । समाजवादी मोर्चा नेपालले आज र धनगढीमा सन्देश सभाको आयोजना गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सन्देश सभालाई मुख्य गरी मोर्चामा रहेका चार दलका नेताहरूले सम्बोधन गर्ने भएका हुन् । सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले बताए ।

मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने भएको छ । सम्बोधनका क्रममा नेताहरूले समसामयिक विषयमा आफ्नो र मोर्चाको धारणा राख्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.