भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

‘धन कमाउन विदेश गएका श्रीमानको श्रीमतिले गरिन हत्या’

‘धन कमाउन विदेश गएका श्रीमानको श्रीमतिले गरिन हत्या’

अस्ट्रेलिया । सिड्नीको ग्रान्भिलमा नेपाली दम्पतीबिच झगडा हुँदा श्रीमानको मृत्य भएको छ । श्रीमतीलाई हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। मृत्यु हुनेमा नेपालको बुटवल निवासी ३४ बर्षाका सन्तोष गौतम रहेको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले जनाएको छ ।

टाउकोमा गम्भिर चोट लागेर अचेत बनेका सन्तोषलाई राति पारामेडिक्सले अस्पताल पुर्याएका थिए । शनिवार राति उनीहरुबिच झगडा हुदा धारिलो हतियार प्रयोग भएको अनुमान प्रहरीले गरेको छ । गौतम दम्पत्तिको एक छोरी रहेको जनाएको छ ।

हत्या आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घरायसी झगडा र पारिवारिक कलहका कारण घटना भएको हुन सक्ने भन्दै उनलाई पारामाटा अदालतमा पेश गरिने प्रहरीले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.