‘धन कमाउन विदेश गएका श्रीमानको श्रीमतिले गरिन हत्या’

‘धन कमाउन विदेश गएका श्रीमानको श्रीमतिले गरिन हत्या’ image

अस्ट्रेलिया । सिड्नीको ग्रान्भिलमा नेपाली दम्पतीबिच झगडा हुँदा श्रीमानको मृत्य भएको छ । श्रीमतीलाई हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। मृत्यु हुनेमा नेपालको बुटवल निवासी ३४ बर्षाका सन्तोष गौतम रहेको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले जनाएको छ ।

टाउकोमा गम्भिर चोट लागेर अचेत बनेका सन्तोषलाई राति पारामेडिक्सले अस्पताल पुर्याएका थिए । शनिवार राति उनीहरुबिच झगडा हुदा धारिलो हतियार प्रयोग भएको अनुमान प्रहरीले गरेको छ । गौतम दम्पत्तिको एक छोरी रहेको जनाएको छ ।

हत्या आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घरायसी झगडा र पारिवारिक कलहका कारण घटना भएको हुन सक्ने भन्दै उनलाई पारामाटा अदालतमा पेश गरिने प्रहरीले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda