भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा हिमपात, किसानहरु खुसी

धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा हिमपात, किसानहरु खुसी

गुल्मी । गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा हिमपात भएको पछि रेसुङ्गामा हिउँ खेल्न जानेहरुको घुइँचो लागेको छ । बिहीबार बिहानबाट पानी पर्न रोकिएपछि पर्यटकीयस्थल रेसुङ्गामा हिउँ खेल्दै सामाजिक सन्जालमा तस्विर राख्दै स्थानीयहरुले एकआपसमा खुसी साटेका छन् ।

स्थानीयका अनुसार मंगलबार देखिको पानीले हिमपात भएको हो । हिमपात भएसंगै किसानहरु खुसी भएका छने भने जनजीवन कष्टकर भएको छ । वर्षा र हिमपातले हिउँदेबाली राम्रो हुने भएपछि कृषकहरु खुसी भएका हुन् । गुल्मीको सदरमुकाम तम्घास बजारबाट पनि रेसुङ्गागामा परेको हिमपात स्पष्टै देख्न सकिन्छ । जिल्लाका अन्य उच्च स्थानहरु अर्जुन, मदाने, टिमुरे, थाप्ले, सालिमेदह लगायतका एक दर्जन स्थानमा सामान्य हिमपात भएको हो।

३४ सय हेक्टरमा फैलिएको रेसुङ्गा समुद्री सतहबाट २ हजार ३ सय मिटरको उचाइमा रहेको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र भएकाले यहाँ बिभिन्न अवसरहरुमा मेला लाग्ने गर्दछ ।

त्यस्तै सो क्षेत्रको उत्तरतर्फबाट अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका साथै धवलागिरी, माछापुच्छ्रेलगायत १५ भन्दा बढी हिमालको अवलोकन गर्न सकिन्छ। जिल्लाका अग्लाअग्ला ठाउँहरुमा भएको हिमपातले अत्यधिक चिसो बढेको छ । चिसोका कारण स्थानीय तथा सदरमुकाम तम्घासमा चहलपहल घटेको छ ।

 


Thali Mobile Pvt.Ltd.