भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

धेरै नेपाली पर्यटकको गोसाइँकुण्ड पहिलो रोजाइमा

धेरै नेपाली पर्यटकको गोसाइँकुण्ड पहिलो रोजाइमा

रसुवा । कोरोनाको कारण लामोसमयसम्म पर्यटकको आगमन कम भएपनि आर्थिक वर्ष २०७८ र ७९ मा १८ हजारभन्दा धेरै पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्जमा भित्रिएका छन् । निकुञ्जमा आउने पर्यटकमध्ये नेपाली धेरै आएका हुन ।

निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुन्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न धेरै आउने गरेको जनाइएको छ । निकुञ्जभित्र रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि १८ हजार ६ सय ५१ पर्यटक आएको तथ्यांक रहेको छ ।

यहाँ आएका पर्यटक मध्ये १५ हजार ६ सय ३९ नेपाली, २ हजार ७ सय ८८ विदेशी र २ सय २४ सार्क राष्ट्रका पर्यटक रहेको जनाइएको छ । पर्यटक आउने क्रम बढेसँगै राजस्व सङ्कलन पनि बढ्दै गएको छ । भूकम्प गएको वर्ष र कोरोना सुरु भएको दुई वर्षसम्म पर्यटकको आगमन घटेको थियो । इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्यान्ड, बेलायत, रसिया, स्पेन, उरुग्वे, कोरिया, सिङ्गापुर लगायतका देशबाट पर्यटक आउने गरेका छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका विदेशी पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन् । धेरै नेपालीको भने गोसाइँकुण्ड पहिलो रोजाइमा पर्ने गरेको छ । गाइड र पोर्टरबिना समेत जान सकिने भएकाले यस क्षेत्रमा पर्यटकको आगमन बढेको छ। लाङटाङ क्षेत्रमा ट्रेकिङका लागि पर्यटक आउने गरेका छन् ।

निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङलगायतका एक दर्जन हिमश्रृङ्खला, गोसाइँकुण्डसहित विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी, विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवालगायतका जनावर पनि देख्न सकिन्छ । साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन् ।

असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन् । तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.