भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

नक्साबाट समेत नेपाली भूमी हडप्दा भारतलाई कसरी मित्र मान्न सकिन्छ ? प्रधानमन्त्री

नक्साबाट समेत नेपाली भूमी हडप्दा भारतलाई कसरी मित्र मान्न सकिन्छ ? प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु भारतलाइ मित्रमान्न चाहेपनि हडप्यको भूमी फिर्ता गराएरै छाड्ने दावी गरेका छन् । नक्साबाट समेत नेपाली भूमी गायव गर्ने भारतलाई कसरी मित्र देश मान्ने ? भन्दै उनले कोही कोहीका कारण अप्ठयारोमा परेको बताए ।

आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । आफूले ५ वर्ष सरकार टिकोस् भन्ने चाहेको तर आफ्नै पार्टीका नेताहरुले देशलाई अस्थिरतामा लैजाने प्रयास गरेको उनको आरोप छ ।

संसद विघटनलाई असंवैधानिक र गैरजिम्मेवारपूर्ण कदम भनेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखे । आफूले कुनै गल्ती गरेको भए जनताले दण्डित गर्ने भन्दै उनले निर्वाचनमा जान आग्रह गरे । उनले संसद विघटनको विपक्षमा उभिएका पूर्वप्रधानन्याधीश र नागरिक समाजका अगुवाहरुको पनि आलोचना गरे ।

 


Thali Mobile Pvt.Ltd.