भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नगरकोटमा सडक महोत्सव, अवलोकनमा लाखौं आउँने दावी

नगरकोटमा सडक महोत्सव, अवलोकनमा लाखौं आउँने दावी

काठमाण्डौं । नेपालको प्रमुख एक पर्यटकीय नगरी भक्तपुरको नगरकोटमा सडक महोत्सव हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी कार्तिक २३, २४ र २५ गतेसम्म तीन दिन नगरकोट सडक महोत्सव गर्न लागिएको हो ।

प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकासमा नगरकोटको उन्नति भन्ने नाराका साथ महोत्सव हुन लागेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले बताए ।

नगरकोटको पर्यटन प्रवर्द्धन तथा दिगो पर्यटनको विकासका लागि नगरकोटलाई पर्यटनको हब बनाउन सडक महोत्सव ले विशेष भूमिका खेल्ने समितिका सचिव प्रदीप अधिकारीले बताए ।

स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवं संस्कृतिलाई उपयोग गर्दै पर्यटकलाई आकर्षित गरी नगरकोटको विकासमा योगदान पुर्याउन महोत्स सफल हुने आयोजक रोहित मोक्तानले बताए ।

नगरकोट भ्रमण वर्ष २०८२ मा राष्ट्रिय, स्थानीय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकार, कृषि मेला, चङ्गा चेट, मुहार चित्रकारितालगायतका विभिन्न सामग्रीहरू प्रदर्शन रहने चाँगुनारायण नगरपालिका वडा नम्बर–६ का वडाअध्यक्ष धनबहादुर लामाले बताए ।

नगरकोटको महामञ्जुश्री चोकमा हुने महोत्सवको संचार सहयोगिमा कैलाश खबर टेलिभिजन, सगरमाथा टेलिभिजन, शिखर एफ.एम, नगरकोट न्युज रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.