भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नगर प्रमुख प्रजापतिसँग त्रिवि कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओको भेट

नगर प्रमुख प्रजापतिसँग त्रिवि कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओको भेट

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओले सोमबार भेट गरेका छन् । भेटमा उनीहरूबीच नेपाली जनता र चिनियाँ जनताबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र भक्तपुरमा चिनियाँ भाषाको कक्षा सञ्चालनमा सहकार्य गर्नेबारे छलफल भएको हो ।

भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले चिनियाँ पर्यटक र चिनियाँ जनतासँग आपसी सम्बन्ध कायम गर्न विगतका वर्षहरूमा भक्तपुर नगरबासीहरूलाई चिनियाँ भाषाको प्रशिक्षण सञ्चालन गर्दै आएकोमा कोरोनाका कारण स्थगित भएको जानकारी दिँदै आगामी दिनमा निरन्तरता दिँदै जाने बताए । उनले चीन सरकारले कोभिडमा नेपाल मजदुर किसान पार्टी र भक्तपुर नगरपालिकालाई आवश्यक स्वास्थ्य उपकरण सहयोग गरेकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै चिनियाँ भाषाको प्रशिक्षण सञ्चालनबारे कन्फ्युसियस इन्स्टिच्युटसँग सहकार्य गरी अगाडि बढ्न सकारात्मक रहेको बताए ।

सांस्कृतिक आदानप्रदानमा भाषाको महत्वपूर्ण देन हुने बताउँदै उनले चिनियाँ पर्यटकहरूको सहजताको निम्ति भक्तपुर नपाले चिनियाँ भाषालाई जोड दिँदै प्रशिक्षण सञ्चालन गर्दै आएको जानकारी दिए । कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक लुकाओले त्रिभुवन विश्वविद्यालयमा हालसालै मात्र कम्फ्युसियस इन्स्टिच्युट स्थापना भई चिनियाँ भाषाको अध्ययन—अध्यापन सुरु भइसकेको बताउँदै भक्तपुरमा पनि चिनियाँ भाषाको शिक्षालाई अगाडि बढाउन उत्सुक भएको बताए ।

उनले चिनियाँ जनताप्रति नेपाली जनताको सद्भाव र सकारात्मक दृष्टिकोणबाट आफू उत्साहित भएको बताउँदै कम्फ्युसियस इन्स्टिच्युटले किर्तिपुरमा बाहेक दुईवटा सार्वजनिक विद्यालयहरूमा चिनियाँ भाषाको पठनपाठन सुरु गर्दै आएको जानकारी दिए । भक्तपुर नपाले चिनियाँ कक्षा सञ्चालन गर्दै आइरहेको विषयमा आफू अवगत रहेको बताउँदै उहाँले नपाको मागअनुसार चिनियाँ शिक्षक उपलब्ध गर्न आफूहरू तयार रहेको बताए ।

नगर प्रमुख प्रजापतिसँगको भेट अगाडि उनीहरूले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज र ख्वप अस्पतालको समेत स्थलगत अवलोकन गरेका थिए । नगर प्रमुख प्रजापतिले निर्देशक लुकाओलाई नपाको परम्परागत खादाले स्वागत गर्नुका साथै भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र नपाका प्रकाशनहरू उपहारस्वरुप प्रदान गरेका थिए ।  उक्त भेटमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, चिनियाँ शिक्षिका वाङ युन्हे र चिनियाँ भाषाका प्रशिक्षक राजेन्द्र चवालको समेत उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.