भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

काठमाडौं । गण्डकी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरुमा नेपाल टेलिकमले थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ । बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतका धार्मिक, पर्यटकीय क्षेत्र तथा पहाडी पदमार्गमा नेपाल टेलिकमले सेवा विस्तार गरेसंगै स्वदेशी तथा विदेशी पर्यटकले सुरक्षित महसुस गरेका छन् ।

विभिन्न ठाउँहरुमा कुनै कारणबस दुर्घटनापछिको खोजी तथा उद्धार, प्रसूति सेवा र पर्यटकको सुरक्षामा राहत महसुस गरेको यहाँका मानिसहरु जनाएका छन् । पछिल्लो पटक लुलाङमा राखिएको फोरजी टावरले धौलागिरि बेसक्याम्प जाने पर्यटकका लागि निकै राहत महसुुस गराएको एक पर्यटकले बताए । उनका उनुसार यहाँबाट गुर्जाघाट र ढोरपाटनको उत्तरी भेगमा टेलिफोन, मोबाइल र इन्टरनेट चल्न थालेको छ ।

त्यस्तै नेपाल टेलिकम बाग्लुुङले मुक्तिनाथ, लोमान्थाङ, थ्रोङला भन्ज्याङ, रुकुम सिमानाको पाथीहाल्ने, निसेलढोर लगायतका क्षेत्रमा समेत इन्टरनेट सेवा विस्तार गरेको छ । मुस्ताङको लोमान्थाङ, कोरला नाका र चराङलगायत उच्च बस्तीमा पनि अहिले सहजरुपमा फोरजी सेवा सूचारु भएको छ  ।

टेलिकमले आन्तरिक तथा बाह्य पर्यटकको सूरक्षालाई मध्यनजर गर्दै र नेपालीहरुलाई सञ्चार क्षेत्रमा सहज उपलब्धता गराउन बागलुङमा ६२ वटा टावरमा टूजी, थ्रीजी ५७ वटा र फोरजी ५४ वटा टावरमा जडान गरेको छ ।
त्यस्तै म्याग्दीमा २२ वटा टूजी, २१ थ्रीजी र १४ वटा फोरजी रहेका छन् भने मुस्ताङमा ३१ टूजी, २६ वटा थ्रीजी र २४ वटा फोरजी टावर सञ्चालन छन् ।
इता पर्वतमा २८ वटा टूजी, २१ वटा थ्रीजी र २६ वटा फोरजी टावर रहेको नेपाल टेलिकमले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.