डोटी । बाढीको सतह अत्यधिक बढेपछि अछाम र बाजुरा जोड्ने मोटरेवल पुलबाट आउ–जाउ गर्न रोक लगाइएको छ ।
सेती नदीमा बाढीको सतहले पुल छोए हो । आज बिहानैदेखि सो पुल भएर आउ–जाउ गर्न रोक लगाइएको दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए । सिलगढीलगायत अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौं सवारी साधन पिपल्ला बजारमा रोकिएको स्थानीयले बताएका छन् ।
८.४ क्युसेक पानीको बहाव मापन पुगेको बाढी मापन केन्द्रले जनाएको छ । जलसतह मापनभन्दा अधिक बढेको छ । ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि रहेको केन्द्रले जानकारी दिएको छ ।
लगातारको वर्षाका कारण नदीमा बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
