भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

नमूना मतपत्र सार्वजनिक, हरियो रङको मतपत्रमा कालो रङको चुनाव चिन्ह

नमूना मतपत्र सार्वजनिक, हरियो रङको मतपत्रमा कालो रङको चुनाव चिन्ह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन ।

यस्तै, विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन । ६ वटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगले गरेको छ ।

यसैबीच, निर्वाचन आयोगले ४९ जिल्लामा मतपत्र ढुवानी गरेको जनाएको छ । सडक तथा हवाईमार्गमार्फत् ४९ जिल्लामा मतपत्र ढुवानी गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको छ भने प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थानमा मतपत्र ढुवानी भइसकेको छ । बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको आयोगले जनाएको छ ।

आज (आइतबार) लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने निर्वाचन आयोगको मुद्रण बिभागले जनाएको छ । काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लामा पुग्ने क्रम जारी छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको निर्वाचन आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.