नयाँ भेरियन्ट सहित नेपालमा तीन किसिमको भेरियन्ट पुष्टि

नयाँ भेरियन्ट सहित नेपालमा  तीन किसिमको भेरियन्ट पुष्टि

काठमाडौं । नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको छ । देशका विभिन्न भागबाट संकलन गरिएका नमुनाको जिन सिक्वन्सिङ गर्दा नयाँ भेरियन्ट पत्ता लागेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । नोलमा परिवर्तित भाइरससहित हालसम्म तीन किसिमको भेरियन्ट पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आएको नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी. १.६१७.२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी. १.६१७.१ भेरियन्ट पुष्टि भएको हो । हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको छ।new verient

 


Thali Mobile Pvt.Ltd.