काठमाडौं । विभिन्न जिल्लामा औधोगिक तथा व्यापार मेला गर्दै आएको औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर व्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा छैठौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८ ०७९ गर्न लागेको छ ।
नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत भन्ने नाराका साथ चैत्र २४ गते बिहिबारदेखि बैशाख ४ गते सम्पन्न हुने गरी मेलाको आयोजना गर्न लागेको सस्थाका संयोजक दीपक थापाले जानकारी दिए ।
मेलामा दर्शकको अवस्थालाई ध्यानमा राखी सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजक सस्थाका अध्यक्ष सन्दिप महतले बताए । मनोरञ्जनका लागि बाल उद्यान, रोटी पिङ्ग, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, नाउ तथा बच्चाको खेलौनासंगै राष्ट्रिय स्तरका कलाकारहरुको हास्य व्यङ्ग्य तथा गीत गायनको बजेट प्रस्तुती रहने निर्देशक सुनिल बज्राचार्यले बताए ।
ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय स्थानले भरिभराऊ भक्तपुरको तीनकुने सल्लाघारी स्थित १०८ रोपनी क्षेत्रफलको जग्गामा विशाल मेला आयोजना हुन लागेको हो । आवश्यक प्रक्रिया पुरा भइसकेको आयोजक सस्थाले पत्रकार सम्मेलन गरेर जनाएको छ । अहिले स्टल निर्माण कार्यका भइरहेको र चाँडै बुकिङ्गको तयारीमा लाग्ने सो सस्थाले जनाएको छ ।
२०० भन्दा बढी स्टल राखिने भएकोले साईज अनुसार ६ हजारदेखि रु १९ हजार ५०० सम्म शुल्क लिएर व्यापारीहरुलाई स्टल उपलब्ध गराइने ब्यवस्था मिलाइएको छ भने करिब ३ लाख भन्दा बढी दर्शकको आगमन हुने छ । ८ करोड रुपैयाको कारोबार कारोबार हुने अपेक्षा आयोजकले राखेको जनाएको छ ।
मेलामा दैनिक जीवनमा प्रयोग हुने उपभोग्य सामाग्री, खाद्यान्न, विभिन्न प्रकारका लत्ताकपडाहरु, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्री रहने छन् भने दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुले बेजोड प्रस्तुतीमार्फत दर्शकलाई मनोरन्जन प्रहान गर्ने छन् ।
यसका साथै सूचना तथा विज्ञान प्रविधिको प्रर्दशनी, ग्रामिण प्रविधि सम्बन्धी गतिविधि, अटो मोवाइल प्रर्दशनी, विद्युतीय मेशिन कृषि औजार प्रर्दशनी, नृत्य प्रतियोगिता, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको प्रर्दशनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय प्रदशनी, लत्ताकपडा तथा भाडाकुडाको प्रदशनी, एशियाकै उत्कृष्ठ बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव तथा विविध प्रस्तुती रहने छन् ।
मेलामा एउटै छानामुनी उपभोक्ताले चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा पाउने छन् । भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेसहित आसपासका बासिन्दाले यसबाट लाभ लिन सक्ने आयोजकले बताएको छ । मेलालाई व्यवस्थित गर्न विद्यार्थीबाट रु ४० र अन्यका लागि रु ५० प्रवेश शुल्क लाग्ने आयोजकले जनाएको छ ।
कोभिड –१९ महामारीका कारण विगत केही वर्ष मेलाको आयोजना गरिएपनि स्थगन गर्न परेको र यती खेर वातावरण सहज भएपछि मेला भव्यरुपमा सम्पन्न गरिने आयोजक सस्थाका संयोजक दीपक थापाले बताए ।
हेरौं मेला भव्यरुपमा सम्पन्न गर्नेबारे गरिएको पत्रकार सम्मेलन…
