भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नाकामा तालिमप्राप्त कुकुर परिचालन

नाकामा तालिमप्राप्त कुकुर परिचालन

राँझा, । नेपालीको महान् पर्व दसैँ–तिहार पर्वमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहानाकामा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । शनिबारदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । उहाँका अनुसार दसैँ, तिहारलक्षित विशेष सुरक्षा योजनाअन्तर्गत नेपाल–भारतसँग जोडिएको सो नाकामा तालिमप्राप्त कुकुरको सहयोगमा नेपाल भित्रिने यात्रुलाई जाँच गर्ने गरिएको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको हो । कर्णाली प्रदेश प्रहरी केनाइन शाखाको डग हेन्डलरसहित सुरक्षाकर्मी सीमानाकामा खटिएका छन् । नेपाल प्रहरीका दुईवटा कुकुर लब्ली र ब्यूटीले भारतबाट नेपाल आएका मानिस तथा सवारीसाधनलाई जाँच गरेको थियो । लब्लीले विष्फोटक पदार्थ र हातहतियार तथा ब्यूटीले लागुऔषधसम्बन्धी जाँच गरेको थियो । सीमावर्ती भारतीय सहर रुपैडिहाबाट अवैधरूपमा लागुऔषध आयात हुने गर्दछ ।

नाकामा खटिएको प्रहरीले विशेष सुराकी र शङ्काका आधारमा जाँच गर्दा बेला–बेलामा लागुऔषध बरामद हुने गरेको छ । तालिमप्राप्त कुकुर परिचालनपछि सीमा क्षेत्रबाट हुने अवैध लागुऔषधको कारोबार तथा आपराधिक कार्य रोक्नमा ठूलो सहयोग हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । नेपालगञ्ज नाकामा यतिबेला दसैँ मान्न आउनेको भीडभाड छ । उक्त नाका खुलेसँगै सीमावर्ती भारतीय सहर रुपैडिहामा किनमेलका लागि जाने नेपाली उपभोक्ताको पनि भीडभाड बढेको छ ।

 


Thali Mobile Pvt.Ltd.