काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको बृहत नागरिक आन्दोलनमा प्रहरीले लाठी र पानीको पोहोरा हानेको छ । नागरिक आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका रघुजी पन्तलाई पनि पटकपटक पानीको पोहोराले चोट पु¥यायो ।
शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन हुनु अलोकतान्त्रिक भएको र त्यसको जतिसुकै भर्त्सना र आलोचना गरेपनि कम हुने पन्तको भनाई छ । प्रहरी दमन, प्रतिनिधिसभा विघटन विरुद्ध अब ससक्त तरिकाले सडकमा आउन आग्रह समेत पन्तले गरे ।
संविधानको रक्षाका निम्ति सबै सडकमा आउनुको विकल्प नरहेको उनको भनाई छ ।
