भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

उच्च सुरक्षाकासाथ प्रधानमन्त्री ओली पुल उदघाटन गर्न दाङ जाँदै

उच्च सुरक्षाकासाथ प्रधानमन्त्री ओली पुल उदघाटन गर्न दाङ जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज देउखुरीस्थित राप्ती नदीमा बनेको पुल उदघाटन गर्न दाङ जान लागेका जादै छन्।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुल नेपालकै दोस्रो पुल हो । सो पुलको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए ।

एक अर्बको लागतमा निर्माण सम्पन्न भएको हो । ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुलको उदघाटन पछि प्रधानमन्त्री ओलीले लालमटियामा नेकपाको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । ओली दाङ्ग जाने भएपछि सुरक्षा व्यवस्था भने कडा पारिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.