भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। पहिरोका कारण अवरुद्ध भएको उक्त सडक खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको हो । पहिरो हटाइएसँगै बीचमै रोकिएका साधान गन्तव्यतर्फ लागेका छन् ।

इच्छाकामना गाउँपालिका–५ तीन किलोमा शनिबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सवारीको चाप अत्यधिक हुने यस सडकमा दैनिक १० हजारभन्दा बढी गाडी आवतजावत गर्छन्।

सडक फराकिलो गरिएका कारण बर्खामा निरन्तरजसो पहिरो खसेर सडकखण्ड अवरुद्ध हुने गरेको छ। बिहीबार दिउँसो १ बजे पहिरो खसेर अवरुद्ध भएको सडक २८ घण्टापछि शुक्रबार साँझ ५ बजे सञ्चालनमा ल्याइएको थियो।

 


Thali Mobile Pvt.Ltd.