काठमाडौं । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । सात महिनाअघि पठाइएको अन्तरिक्ष यान आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मंगल ग्रहमा सफल अवतरण गरेको हो ।
अवतरण गर्नासाथ यानले तस्वीर ट्वीट समेत गरेको थियो । ‘पिर्जाभियरेन्स मार्स रोभर’ नामक अन्तरिक्ष यान मंगल ग्रहको सतहमा अवतरण गर्नासाथ नासाको कन्ट्रोल रुममा रहेका वैज्ञानिकले खुसीयाली मनाएका छन् ।
सन् १९७० पछि नासाको यो मिसनलाई सबैभन्दा महात्वाकांक्षी योजनाको रुपमा लिइएको छ । मंगल ग्रहमा सुकिसकेको एक खण्डहर पोखरी र अर्बौं वर्ष पहिले माइक्रो–अर्गानिज्मको कुनै पनि चिह्न वा गतिविधिको बारेमा अनुसन्धान गर्ने जनाएको छ ।
