भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

निर्वाचनका बेला तीन दिन विद्यालय बन्द

निर्वाचनका बेला तीन दिन विद्यालय बन्द

काठमाडौं । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा तीन दिन विद्यालय बन्द हुने भएका छन् । मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द हुने भएका हुन् ।

मतदानका लागि आवश्यक तयारी गर्नुपर्ने भएकाले सरकारले तीन दिन बिदा दिने तयारी गरेको हो । यसैबीच २८ देखि ३० वैशाखसम्म विद्यालय बन्द हुने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले बताए ।

शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रले मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकाले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयमा विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन आग्रह गरेको छ ।

केन्द्रले सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रबमोजिम मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न विद्यालय बन्द गर्न निर्देशन दिइएको केन्द्रले जनाएको छ ।

तीन दिन बिदा दिएसंगै लगातार ६ दिन विद्यालय बन्द हुने भएका छन् । ३१ गते शनिबार, जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुई दिन बिदा दिने सरकारी निर्णय भएको तथा २ गते बुद्धजयन्ती परेकाले ३ गते मात्र विद्यालय खुल्ने छन् ।

 


Thali Mobile Pvt.Ltd.