भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

निर्वाचनमा साढे २ लाखबढी सुरक्षाकर्मी परिचालन गरिने

निर्वाचनमा साढे २ लाखबढी सुरक्षाकर्मी परिचालन गरिने

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

३० वैशाखमा हुने उक्त चुनावमा सरकारले एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका लागि आवश्यक तयारी भइरहेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी खटाइँने भएको छ ।

थप म्यादी प्रहरी भर्ना गरेर खटाइँदै छ । नेपाल प्रहरीबाट ६२ हजार बढी प्रहरी खटाइँने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । यस्तै, म्यादी प्रहरी १ लाख खट्नेछन् । सशस्त्र प्रहरीबाट ३२ हजार, सेनाबाट ७० हजार सुरक्षाकर्मी खटनपटनको तयारी भइरहेको जनाइएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदानस्थल र मतदानकेन्द्रको टुंगो लगाएपछि सबै सुरक्षा अंगहरू आआफ्नो तयारीमा अघि बढेका हुन् । आयोगले देशभर १० हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ मतदानकेन्द्र कायम गरिएको जनाएको छ ।

अति संवेदनशील
सुरक्षाका दृष्टिकोणबाट तीन तहमा विभाजित गर्दै सुरक्षाकर्मी परिचालनको योजना बनाएको हो । जसअनुसार मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा विभाजन गरिएको छ ।

गृह मन्त्रालयमा बसेको सुरक्षा निकायसहितको बैठकले सुरक्षा संवेदनशीलताको व्याख्या गरेको हो । २ हजार ९ सय ४५ वटा मतदान स्थललाई अति संवेदनशील मानिएको छ ।

यस्तै, ४ हजार ४ सय २० वटा मतदानस्थल संवेदनशील र ३ हजार ३ सय ९१ मतदानस्थल सामान्य रहेको केन्द्रीय सुरक्षा समितिको निष्कर्ष छ ।

 


Thali Mobile Pvt.Ltd.