भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

तालमेलसहित निर्वाचनमा होमियो कांग्रेस

तालमेलसहित निर्वाचनमा होमियो कांग्रेस

काठमाडौं । स्थानीय निर्वाचनमा आवश्यक तालमेलसहित नेपाली काँग्रेस निर्वाचनमा होमिएको छ ।

गठबन्धनका दलसँग तालमेल गर्ने निर्णयसहित चार दिन चलेको केन्द्रीय कार्यसमिति बैठकले बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने आधारसहितको निष्कर्ष निकालेको छ ।

यो अवस्थालाई सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरूप तालमेल गर्ने नीतिगत निर्णय पार्टीले गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । संस्थापनइतर नेता डा. शेखर कोइराला पक्षले भने चुनावी गठबन्धन पार्टीको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर मात्र सम्भव हुने बताउँदै आएको छ।

महामन्त्री गगनकुमार थापाले ३६ लाख नयाँ मतदातालाई कम्युनस्टिका ‘हँसिया हथौंडा’मा भोट हाल भनेर कांग्रेस कसरी बन्छ भन्दै सभापतिलाई गतिलो प्रश्न गरे ।

बैठकले पार्टीको सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.