भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

निर्वाचन आयोगद्वारा एकीकृत निर्वाचन कानुनको मस्यौदा पारित

निर्वाचन आयोगद्वारा एकीकृत निर्वाचन कानुनको मस्यौदा पारित

काठमाण्डौ । सोमवार बसेको निर्वाचन आयोगको बैठकले निर्वाचन कानुनको मस्यौदा पारित गरेको छ । निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा पारित गरी सरकारलाई पठाउने निर्णय गरेको हो । पालिकाको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कम्तीमा एक जना महिला उम्मेदवार बनाउनुपर्ने पुरानो व्यवस्थामा एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवार हुनुपर्ने व्यवस्था थप गरेको छ ।

आयोगले निर्वाचनसम्बन्धी कानुनमा नो भोट विदेशमा रहेका नेपालीलाई मताधिकार, चुनावमा ३३ प्रतिशत महिला उम्मेदवार, चुनावमा उम्मेदवार बन्ने सीमा निर्धारणलगायतका नयाँ व्यवस्था प्रस्ताव गरेको छ । मस्यौदामा प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवारी दिँदा दलहरूले ३३ प्रतिशत महिला उमेदवार अनिवार्य उठाउनुपर्ने प्रस्ताव गरिएको छ ।

निर्वाचन कानुनमा नो भोटको व्यवस्था गरिएको छ । विदेशमा रहेका मतदाताले मतदान गर्ने व्यस्वस्था कानुमा गरिँदै छ । अनलाइनमार्फत मतदान गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।प्रतिनिधिसभा र प्रदेशसभामा दुई पटक समानुपातिक सांसद बनेको व्यक्ति समानुपातिक प्रणालीको उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले एउटा तहको चुनावमा पराजित भएको व्यक्ति पाँच वर्षसम्म अर्को तहमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था गर्न पनि प्रस्ताव गरेको छ । आयोगले पठाएको मस्यौदालाई सरकारले विधेयकको रूपमा संसद्मा लैजाने छ ।

उम्मेदवारी दिने वडाध्यक्षमध्ये ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने कानुनको मस्यौदामा व्यवस्था गरिएको छ । उम्मेदवारले परिवारसहितको सम्पत्ति विवरण बुझाउनुपर्ने एकीकृत निवार्चन विधेयकमा चुनावको मिति पनि तोकिएको छ ।

 

 

 

 


Thali Mobile Pvt.Ltd.