स्थानीय तह निर्वाचनः उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

स्थानीय तह निर्वाचनः उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ । सबै प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिने बताएको छ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेको समय दिइनेछ ।

सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । ३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुने निर्वाचन आयोगले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.