भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

पर्यटन प्रवद्र्धन गर्न सरसफाई विशेष ध्यान दिन अध्यक्ष विजुक्छेको आग्रह

पर्यटन प्रवद्र्धन गर्न सरसफाई विशेष ध्यान दिन अध्यक्ष विजुक्छेको आग्रह

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले पर्यटन प्रवद्र्धन गर्न भक्तपुरको सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । शुक्रबार साझा भक्तपुर नगरपालिकाले भक्तपुरमा पर्यटन उद्योग तथा व्यवसाय प्रवद्र्धन एवम् पर्यटकलाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन निर्माण गरिएको पर्यटक सूचना केन्द्रको उद्घाटन गर्दै अध्यक्ष विजुक्छेले उक्त कुरा बताएका हुन ।

भक्तपुर नपा वडा नं. २ ब्यासीस्थित भक्तपुर नगरपालिकाको भवनसँगै रहेको पर्यटक सूचना तथा सेवा केन्द्रको उद्घाटन गर्दै अध्यक्ष विजुक्छेले भक्तपुर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको भौगोलिक, धार्मिक तथा सांस्कृतिक महतव बोकेका स्थानहको विषयमा आवश्यक पर्ने सबै खालका सूचना उपलब्ध गराउन र भक्तपुरको पर्यटन उद्योगमा टेवा पुग्ने ढंगले पर्यटक सेवा केन्द्र सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

अध्यक्ष बिजुक्छेँले पर्यटन प्रवद्र्धन गर्न भक्तपुरको सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिदै पर्यटकहरुले आफूले घुमेको ठाउँको विषयमा देश—विदेशमा समेत प्रचारप्रसार गर्ने हुँदा पर्यटकहरुलाई सकारात्मक ढंगले आकर्षित गर्न सक्नु नेपालीहको निम्ति उपलब्धीमूलक हुने बताए । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक र पर्यटकीय हिसाबले भक्तपुर महत्वपूर्ण ठाउँ भएको बताउदै भक्तपुर नपाले यहाँको मौलिक शैली र प्रविधिलाई जोगाइराख्ने विविध गतिविधिलाई चालु राख्दै आएको जानकारी दिए ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले सय वर्ष पछिको भक्तपुरलाई आधार मान्दै नगरपालिकाले सम्पदा संरक्षणका गतिविधिलाई जोड दिँदै आएको बताइन । उनले भक्तपुर नपाको पर्यटक सूचना केन्द्रको सेवाबाट पर्यटकहरु लाभान्वित हुने र देश विदेशमा भक्तपुरको प्रचार हुनेमा आशा व्यक्त गरिन । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर पर्यटन व्यवसायले यहाँका जनताको जीवनस्तर उकास्ने बताउदै कोभिडका कारण भक्तपुर महोत्सव अन्तिम समयमा आएर स्थगित गर्नुपरेको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.