भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालका विभिन्न राजनीतिक दलले भारतसंग पैसा लगेको अमेरिकाको आरोप

नेपालका विभिन्न राजनीतिक दलले भारतसंग पैसा लगेको अमेरिकाको आरोप

एजेन्सी । भारतीय नेताहरुले नेपालमा हिन्दु राष्ट्रको पक्षमा बोल्न पैसा दिने गरेको अमेरिकाले आरोप लगाएको छ । अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्टमा नेपालको धार्मिक स्थितिप्रति टिप्पणी गर्दै अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले हिन्दु राष्ट्रका पक्षमा बोल्न पैसा दिने गरेको आरोप लगाएका हुन ।

प्रतिवेदनमा नेपाल धर्म निरपेक्ष राज्य भनिए पनि वास्तविकता त्यस्तो नरहेको आरोप अमेरिकाले लगाएको छ । नेपालको संविधानले नै धर्म परिवर्तनलाई निषेध गरेको अमेरिकी प्रतिवेदनमा उल्लेख छ । अमेरिकाको विदेश मन्त्रालयले सन् १९९८ देखि प्रकाशित गर्दै आएको भनिएको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्ट अन्तर्गत नेपालको सन्दर्भमा छुट्टै १३ पृष्ठको प्रतिवेदन प्रकाशन गरेको छ ।

प्रतिवेदनमा भारतको सत्तारुढ भारतीय जनता पार्टी सम्बद्ध समूहहरुले नेपालका सबै राजनीतिक दलका नेताहरुलाई हिन्दु राज्यको वकालत गर्न पैसा दिने गरेको दावी गरिएको छ । यता, भारत सरकारले अमेरिकाले सार्वजनिक गरेको यो प्रतिवेदनप्रति आपत्ति जनाउँदै प्रतिवेदनलाई भ्रामक भनेको छ ।

मेरिकाालगायत पश्चिमा देशहरुले नेपालमा ईसाइकरणका लागि गरिरहेको लगानीप्रति भने अमेरिकी प्रतिवेदन मौन छ । यो रिपोर्ट बनाउन काठमाडौंस्थित अमेरिकी दूतावासले सरकारी अधिकारी, धार्मिक समूह, गैरसरकारी संस्था, पत्रकारहरू, मानवअधिकार अनुगमनकर्ता, शिक्षाविद्, सञ्चारमाध्यम र अन्य ठाउँबाट सूचना संकलन गरेको अमेरिकी विदेश मन्त्रालयले दावी गरेको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.