भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हैजाका कारण डडेलधुरामा बालिकाको ज्यान गयो

हैजाका कारण डडेलधुरामा बालिकाको ज्यान गयो

काठमाण्डौ । नेपालमा फेरी हैजाको त्रारास बढेको छ । सूदुरपश्चिम प्रदेशको डडेलधुरा जिल्लामा हैजा देखिएपछि हैजानको त्रारास बढेको हो । हैजा डडेलधुरा जिल्लाको परशुराम नगरपालिकामा देखिएको हो । एक सय ५० जनाभन्दा धेरै बिरामी परेका मध्य झाडापखालाका कारण १४ वर्षकी सङ्गीता धामीको ज्यान समेत गएको छ । उपचारमा ढिलाइ गर्दा बालिकाको ज्यान गएको जनाएको छ ।

शरीरमा पानीको मात्रा निकै कम भएकाले बालिकाको ज्यान गएको डाक्टरहरुले बताएका छन् । परशुराम नगरपालिकामा झाडापखाला फैलिए पछि गरिएको नमुना परीक्षणमा एक जना बिरामीलाई हैजा भएको देखिएको जिल्ला प्रशासन कार्यालय डडेलधुराले जनाएको छ ।

झाडापखाला नियन्त्रणमा आएको र हैजासमेत देखिएकाले जोखिम उस्तै रहेको जनाएको छ छ । गर्मीमौसममा झाडापखाला, हैजा जस्ता रोग फैलिने सम्भावना धेरै हुने भएकाले खानपान र सरसफाइमा ध्यान दिन विज्ञले सुझाव दिँदै आएका छन् । प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय र नगरपालिकाको स्वास्थ्य इकाईको टोली निगरानीमा खटिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.