भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२७७२ पुग्यो (भिडियो)

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२७७२ पुग्यो (भिडियो)

१४ असार २०७७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/340561993596587/

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४६३ जनामा संक्रमण देखिएको हो ।आज थपिएका ४६३ सहित नेपालमा संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ३०१३ पुगेको छ । कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ ।

संक्रमित बढ्दै
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । पछिल्ला दिनमा दैनिकजसो कम्तीमा पनि पाँच सय जना संक्रमित भेटिइरहेका छन् । संक्रमितको संख्या दैनिक बढ्दै जाँदा पिसिआर परीक्षण भने बढ्न सकेको छैन । कोरोना भए–नभएको पत्ता लगाउने प्रयोगशाला परीक्षणको विधि पिसिआर हो ।

विज्ञहरुले दैनिक कम्तीमा पनि १५ हजारको हाराहारीमा पिसिआर परीक्षण हुनुपर्ने बताउँदै आएका छन् । तर पिसिआर परीक्षण भने ७ हजारभन्दा माथि उठ्न सकेको छैन । त्यो पनि असार ६ गते एक दिन मात्र ७ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको थियो । त्यसपछि पिसिआर परीक्षण ६ हजार माथि जान नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकले पनि देखाउँछ ।

कर्णालीका २१४ जना कोरोना संक्रमणमुक्त

कर्णाली प्रदेशका २१४ जना संक्रमित स्वास्थ्यलाभ गरी घर फर्केका छन्। यसमा दैलेखका मात्रै २०५ जना छन् । घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जना कोरोना निको भएर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएकाे छ ।

त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एक÷एक जना कोरोना संक्रमित निको भएर घर फर्केको महाशाखाका प्रमुख डा . तिवारीले बताए ।

उनका अनुसार शनिबार २१४ कोरोना निको भएसँगै हालसम्म कर्णालीमा यो संक्रमणबाट निको भएर घर फर्कनेको संख्या ९३४ पुगेको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा शनिबार गरिएको पिसिआर परीक्षणमा सुर्खेत पञ्चपुरीका १५ महिनाका बच्चासहित सात जनामा कोरोना पुष्टि भएको बताउँदै महाशाखा प्रमुख डा तिवारीले कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ४४० पुगेको बताए ।

 


Thali Mobile Pvt.Ltd.