भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

नेपालमा टिकटक बन्द गर्नुपर्ने कारणबारे आफूलाई जानकारी दिन टिकटक कम्पनीको आग्रह

नेपालमा टिकटक बन्द गर्नुपर्ने कारणबारे आफूलाई जानकारी दिन टिकटक कम्पनीको आग्रह

काठमाण्डौ । टिकटक कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ । नेपाल सरकारले प्रतिबन्द लगाएपछि टिकटक कम्पनीले ७ बुँदे पत्र पठाएको हो । कात्तिक २७ गते सोमवार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएको भन्दै सरकार टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा पुगेको थियो । त्यही दिन त्यसको जानकारी प्राधिकरणमार्फत इमेल गरी टिकटकलाई दिइएको थियो । त्यसपछि टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सम्बोधन गर्दै सात बुँदे पत्र पठाएका हुन् ।

नेपालमा टिकटक सञ्चालनका लागि गरेको केही प्रयासहरूबारे पनि प्राधिकरणलाई पठाएको पत्रमा उल्लेख छ । टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय आफूसँग नेपाल सरकारले निरन्तर संलग्न भएर काम गर्ने भनी गरेको सहकार्यको प्रस्ताव विपरीतको भएको कम्पनीले जनाएको छ । ‘प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको कन्टेन्टको समस्या पहिचान गर्न टिकटक नेपाल सरकारसँग मिलेर काम गरिरहन प्रतिबद्ध छ’, पत्रमा भनिएको छ ।

टिकटकले नेपाल सरकारको निर्णयप्रति आश्चर्य व्यक्त गर्दै टिकटक बन्द गर्नुपर्ने कारणबारे आफूलाई जानकारी दिन आग्रह गरेको छ । यो प्लेटफर्मलाई नेपालका विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक तहका व्यक्तिले अँगालेको बताउँदै यो प्लेटफर्ममा उनीहरूले सूचना, शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न प्रयोग गरेको टिकटकको दाबी छ ।

 


Thali Mobile Pvt.Ltd.