नेपालमा संक्रमितको संख्या १६,७१९ पुग्दा मृतकको संख्या ३८ पुग्यो (भिडियो)

नेपालमा संक्रमितको संख्या १६,७१९ पुग्दा मृतकको संख्या ३८ पुग्यो (भिडियो)

२७ असार २०७७ काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ भने ४३१ जना उपचारपछि घर फर्किएका छन् । डिस्चार्ज हुनेको संख्या ८ हजार ४४२ पुगेको छ । देशका सबै जिल्लामा संक्रमण फैलिएको छ। आज मात्रै थप ३ जनाको मृत्यु भएको छ । काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/272477547513704/

काठमाडौंको वडा नं १० शंखमूलका ६० वर्षीय पुरुषको उपचारको क्रममा पाटन अस्पतालमा असार २६ गते मृत्यु भएको मन्त्रायलले जनाएको छ । यस्तै, सिन्धुपाल्चोकका ४५ वर्षीय कोरोना संक्रमित एक पुरुषको पनि मृत्यु भएको छ । असार २२ गते कोरोना पुष्टि भएको थियो ।

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल (केएमसी) अस्पतालमा मृत्यु भएका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । बिहिबार मृत्यु भएका ती पुरुषमा शुक्रबार मात्र कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.