भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

पाटी र ढुंगेधाराको उद्घाटन

पाटी र ढुंगेधाराको उद्घाटन

२७ असार २०७७ भक्तपुर । वाकुपति नारायण मन्दिर परिसरभित्र हालै पुनःनिर्माण र जीर्णोद्धार गरिएको द्यो पमी फल्चा पुनःनिर्माण, वाकुपति नारायण दक्षिण सत्तलको पहिलो भुइँ मर्मत, वाकुपति नारायण ढुंगेधारा मर्मत र उत्तरपूर्वमा अवस्थित दक्षिणाभिमुख वाकुपति नारायण पाटी पुनःनिर्माण कार्यको संयुक्त उद्घाटन सम्पन्न भएको छ ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरुको पुनःनिर्माण तथा जीर्णोद्धार कार्य जनसहभागिता जुटाई उपभोक्ता समितिमार्फत गरिरहेको बताए । नाफाको निम्ति व्यापार गर्ने ठेकेदारहरुलाई सम्पदा जीर्णाद्धारको जिम्मा दिन नहुने भन्दै भक्तपुरको ङातापोल मन्दिर जीर्णोद्धार कार्यमा करिब ४ हजारभन्दा बढी नगरबासीहरुबाट जनश्रमदान प्राप्त हुनु गौरवको विषय भएको बताए ।

साझा सम्पदाहरुको निर्माणमा सबैले साझा जिम्मेवारी बहन गर्नु आजको आवश्यकता भएको भन्दै प्रजापतिले भक्तपुर नगरपालिकाले पुर्खाको लागि गौरव गर्न लायक सम्पदाहरुको जीर्णोद्धार र मर्मत कार्यहरुलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताए । भक्तपुर नगरपालिकाले ३ वर्षको अन्तरालमा करिब १ सय भन्दा बढी सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको जानकारी दिदै जीर्णोद्धार गर्न बाँकी रहेका भक्तपुरको कला संग्रहालय, अरनिको सभाभवन, भक्तपुर नपाको पुरानो भवन (थन्थु दरबार) लगायत पनि प्राप्त प्रमाणका आधारमा पुरानै शैलीमा गरिने बताए ।

भक्तपुर नगरपालिकाको वडा बजेटअन्तर्गत वाकुपति नारायण दक्षिण सत्तलको पहिलो भुइँ मर्मत रु. ५ लाख २० हजार ४ सय ८९ रुपैयाँ, द्यो पमी फल्चा रु. रु. १४ लाख ९७ हजार ८ सय ९७ रुपैयाँ र उत्तरपूर्वमा अवस्थित दक्षिणाभिमुख वाकुपति नारायण पाटी पुनःनिर्माण रु. १८ लाख २९ हजार २ सय ८० रुपैयाँ लागतमा सम्पन्न भएको हो ।

 


Thali Mobile Pvt.Ltd.