काठमाडौं । हरेक नेपालीलाइर्त सियो बारे थाहा छ । यसको प्रयोग लुगा सिउनलाई गरिन्छ भन्ने कुरा पनि धेरैलाई थाहा छ । तर नेपालमा लुगा सिउने सियो समेत बन्दैन भन्ने कुरा झनै आम नेपालीलाई थाहा छ । औद्योगिक उत्पादनको कुरा गर्नुपर्यो भने सबैले नेपालीले यही उदाहरण दिने गर्छौं । नेपालमा सियो त बन्दैन अरू के कुरा गर्ने ? हामी सबैको प्रतिक्रिया यस्तै हुन्छ ।
सियो औद्योगिक उत्पादनमा सायद सबैभन्दा सानो बस्तु हो । सियो सानो बस्तु भए पनि हाम्रा लागि नभई नहुने बस्तु पनि हो । आफैँले उत्पादन गर्न नसके पनि यसको उपयोग त गर्नैपर्यो । त्यसैले विदेशबाट भए पनि आयात गरेर सियोको हामीले उपयोग गरिरहेका छौं । कपडा सिलाउने सियो अधिकांश नेपालीको घरमा हुन्छ । तर यो सियो कहाँबाट आउँछ कमैलाई मात्र थाहा हुने गरेको छ । नेपालमा विश्वका १२ देशबाट सियो आयात हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
२०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा १९ हजार ७८४ केजी सियो भित्रिएको तथ्यांक रहेको छ । पछिल्लो एघार महिना अर्थात चालु आर्थिक वर्ष २०७८ र ७९ को पहिलो एघार महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको जनाइएको छ ।
भारत, क्यानडा, चीन, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, बेलायत र अमेरिकाबाट नेपालमा सियो भित्रिएको छ । गत आर्थिक वर्ष २०७७र७८ मा विश्वका १३ वटा देशबाट नेपालले ९४ लाख ३ हजार रुपैयाँको सियो आयात गरेको थियो । नेपालमा सबैभन्दा बढी सियो भारत र चीनबाट आयात हुने गरेको छ । सियो समेत विदेशबाट आयात गर्नु पर्ने भएपछि देशको अर्थतन्त्र कसरी बलियो हुथ्यो भन्दै आम मानिसहरुले प्रश्न समेत गरिरहेका छन् ।
