काठमाडौं । नेपाली पर्वहरूले नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्यायाएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । आइतबार माघे संक्रान्ति पर्वको अवसरमा एक शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले नेपाली पर्वहरुले साँस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा पहिचान बनाएको बताएकी हुन ।
‘बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधता युक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले सम्पूर्ण नेपालीकोबीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
यस पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास समेत उनले व्यक्त गरेकी छन् । माघे संक्रान्ति पर्वको अवसमा संघीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने विश्वास उपराष्ट्रपति नन्दबहादुर पुनले पनि व्यक्त गरेका छन् ।
उनले संघीय र प्रदेश सरकारले जनसुरक्षा, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि तीव्र गतिमा काम गर्ने विश्वास समेत व्यक्त गरेका छन् । आइतबार ‘मगर, थारु र छन्त्याल समुदायको प्रमुख सांस्कृतिक पर्व एवं नेपालीहरूको महत्वपूर्ण पर्व माघे संक्रान्ति पर्वको शुभकामना सन्देश दिएका छन् ।
