भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘सबै पर्व राष्ट्रिय पर्व’

‘सबै पर्व राष्ट्रिय पर्व’

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर सङ्क्रान्ति वा माघीपर्वका रूपमा मनाइने गरिएकाले यसको आफ्नै विशेषता र सांस्कृतिक महत्व रहेको बताउनुभएको छ ।

माघे सङ्क्रान्तिका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले नेपालमा मनाइने सबै पर्व राष्ट्रिय पर्व भएको उल्लेख गर्दै यस्ता पर्वले नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने काम गरेको बताउनुभएको छ । “भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देश नेपालमा सबै समुदायले मनाउने चाडपर्वहरू राष्ट्रिय पर्व हुन्”, प्रमुखको शुभकामना सन्देशमा भनिएको छ, “हाम्रा पर्वहरूले हामी नेपालीलाई सहिष्णुतापूर्वक एउटै सूत्रमा बाँध्ने काम गरेको छ ।”

 


Thali Mobile Pvt.Ltd.