भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाली महिला फुटबलरले बनाए गिनिज वर्ल्ड रेकर्ड

नेपाली महिला फुटबलरले बनाए गिनिज वर्ल्ड रेकर्ड

काठमाण्डौं । नेपालली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् । विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र हात पारेकी हुन ।

सन् २०१८ मा सबैभन्दा होचो स्थानमा इक्वेल प्लेइङ्ग फिल्ड नामक संस्थाले आयोजना गरेको महिलाहरूको फुटबल प्रतियोगितामा खेल्दै गिनिज वर्ल्ड रेकर्ड कायम गरेकी हुन । समुन्द्री सतहभन्दा ३२० मिटर तलको स्थान जोर्डनमा आयोजना गरिएको उक्त प्रतियोगिता दीपा र लक्ष्मी सहभागि भएकी थिइन् ।

नेपाल, अफगानिस्तान, फ्रान्स, स्पेनलगायत २० राष्ट्रका महिला खेलाडी सहभागि भएका थिए । महिला सशक्तीकरणका लागि इक्वेल प्लेइङ्ग फिल्डले विश्वकै अग्लो र होचो दुवै स्थानमा फुटबल आयोजना गरेको थियो ।

अग्लो स्थानको खेल अफ्रिकन राष्ट्र तान्जानियाको माउण्ड किलिमन्जारोमा खेलाइएको थियो त्यहाँ स्वास्थ्य समस्याका कारण दीपाले खेल्न सकेकी थिइनन् ।

 


Thali Mobile Pvt.Ltd.