भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नेपाली फूटबल टोलीका पूर्वगोलरक्षक शाहीको निधन

नेपाली फूटबल टोलीका पूर्वगोलरक्षक शाहीको निधन

काठमाडौँ । नेपाली राष्ट्रिय फूटबल टिमका पूर्व गोलरक्षक तथा अखिल नेपाल फूटबल संघ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ। गएराति उनको दैलेखस्थित घरमा भएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिँदै लेखेका छन्।

शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलिमा रहेर खेलेका थिए। विभिन्न रोगले थलिएका उनको गए राति निधन भएको हो। सन् १९७९ देखि १९८९ सम्म एक दशक राष्ट्रिय टोलीमा नेपालको गोलपोष्ट संहालेका शाही सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफका स्वर्ण पदक विजेता खेलाडी हुन् ।

उनले सन् १९८४, १९८५, १९८७ र १९८९ गरी चारपल्ट साफ गेम्स खेलेका छन् । सन् १९८२ मा नवौं एसियाली खेलकुदमा पनि उनी नै राष्ट्रिय टोलीका गोलरक्षक थिए । त्यो प्रतियोगिता नेपाली फूटबलको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसबाहेक उनले सन् १९८६ को विश्वकपका लागि नेपालमै भएको छनोट प्रतियोगितामा मलेसिया र दक्षिण कोरियासँग खेल्दा शाही नै गोलरक्षक थिए ।

 


Thali Mobile Pvt.Ltd.