भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

नेपाली विद्यार्थीको शव इजरायलबाट काठमाडौं आइपुग्यो

नेपाली विद्यार्थीको शव इजरायलबाट काठमाडौं आइपुग्यो

काठमाडौं । चार नेपाली विद्यार्थीको शवमध्ये ३ जनाको शव इजरायल बाट काठमाडौं आइपुगेको छ। इजारायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार जना नेपालीहरु विद्यार्थीहरु मध्य ३ जनाको शव नेपाल आइपुगेको हो ।

तेलअबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव फ्लाई दुबईको जहाजमार्फत् नेपाल पठाएको हो। शव नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको बताइएको छ।

नारायणप्रसाद न्यौपानेको शव आइपुगेको हो भने केही बेरअघि लोकेन्द्रसिंह धामी र दिपेशराज बिष्टकोे शव काठमाडौं आइपुगेको छ। आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.