भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

नेपाल आज थाइल्यान्डसंगै भिड्दै

नेपाल आज थाइल्यान्डसंगै भिड्दै

काठमाडौं । एसिया कप छनोटको तयारीमा रहेको नेपालले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसंग भिड्दैछ । सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो ।

नेपालले ओलम्पिक छनोटका क्रममा थाइल्यान्डविरुद्ध दुई खेल खेलेको थियो, जसमा नेपाल दुवैमा पराजित रहेको थियो । थाइल्यान्डविरुद्धको आजको खेल नेपालका लागि तेस्रो हुनेछ । बैंककमा भएका ती दुई खेलमा नेपाल ३–० र २–१ ले पराजित रहेको थियो ।

त्यसमा नेपालका लागि एक गोल गर्ने खेलाडी मणि शाह हुन् । प्रि म्याच पोस्ट कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्यान्डमा बटुल्न अनुभव एसियाकप छनोटका लागि निकै उपयोगी हुने बताए ।

अल्मुताइरीले नेपाली टिम सम्हालेयता आफू पहिलो पल्ट थाइल्यान्ड आएको छ र टिमको तायरीमा आफू सन्तुष्ट रहेको पनि बताए । खेल थाइल्यान्डको चोनबरीमा नेपाली समयअनुसार साँझ ५ः४५ मा सुरु हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.