भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चीनबाट रासायनिक मल आयात

चीनबाट रासायनिक मल आयात

काठमाण्डौ । चीनबाट रासायनिक मल आयात हुन थालेको छ । चीनसंगको व्यापारिक नाका तातोपानीबाट २ सय ३२ मेट्रिक टन रासायनिक मल भित्रिएको हो । ६ महिनाअघि नै आउनुपर्ने मल बल्ल भित्रिन थालेको छ । पहिलो खेप ल्याएपछि चीनले रासायनिक मल निर्यातमा रोक लगाएपछि ल्याउन ढिलाइ भएको जनाइएको छ । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ ।

तातोपानी नाका भएर बुधबार दुई सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । ग्लोबल टेन्डरमा शिल्कले प्रतिमेट्रिक टन रासायनिक मल ६ सय ६१ अमेरिकी डलरमा आयात गर्ने सम्झौता गरेको थियो । यो सँगै रासायनिक मलमा चीन नेपालको नयाँ बजार बनेको छ ।

 


Thali Mobile Pvt.Ltd.