भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नेपाल एयरलाइन्सलाई हङकङ उड्न प्रतिबन्ध

नेपाल एयरलाइन्सलाई हङकङ उड्न प्रतिबन्ध

काठमाडौं । नेपाल एयरलाइन्सलाई काठमाडौं–हङकङ उडानमा हङकङ सरकारले फेरि प्रतिबन्ध लगाएको छ ।

जनवरी ४ तारिख (मंगलबार) निगमको न्यारोबडी जहाज उडान नम्बर ४(९) चढेर हङकङ पुगेका पाँच यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि निगमलाई उडान भर्न प्रतिबन्ध लगाएको हो ।

निगमले सूचना नै जारी गरेर हङकङले उडानमा प्रतिबन्ध लगाएको जानकारी दिएको निगमका सहप्रवक्ता ज्ञान अर्यालले बताए । दुई सातासम्मका लागि निगमले हङकङ उडान भर्न नपाउने अर्यालेको भनाइ छ ।

उनले भने, ‘हङकङ उडानमा तारन्तार समस्या भोगिरहेका छौं । निर्धारित उडानसमेत गर्दा यो पटक प्रतिबन्धको असर २१ दिनसम्म पर्ने भएको छ ।’ कुनै उडानबाट त्यहाँ पुगेकामध्ये दुई जनासम्मलाई कोरोना संक्रमण देखिए प्रतिबन्ध लगाउँदैन ।

तर, जनवरी ४ तारिखमा निगमको जहाजबाट गएका पाँचमा एकैपटक संक्रमण देखिएपछि पुनः दुई साता लामो प्रतिबन्ध लागेको हो ।

 


Thali Mobile Pvt.Ltd.