भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पावर लगाएर बसेकाे बतास समूहलाई हटाएरै छाड्छौंः मन्त्री आले

पावर लगाएर बसेकाे बतास समूहलाई हटाएरै छाड्छौंः मन्त्री आले

काठमाडौं । नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अघि बढाइसकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बताएका छन् ।

बिहीबार सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री आलेले दरबार संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने अन्तिम तयारी भएको बताए । कुन प्रक्रिया मार्फत् हटाउने भन्ने विषयमा अहिले छलफल भइरहेको उनको भनाइ छ ।

मन्त्रीस्तरबाट वा मन्त्रिपरिषद्बाटै निर्णय गरेर भए पनि हटाइ छाड्ने अडान मन्त्री आलेले राखेका छन् । उनको उक्त निर्णयमा प्रधानमन्त्री देउवाको समेत हात रहेको छ ।

पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने परिपाटी खतम गर्ने आलेले बताए । मन्त्री आलेले नारायणहिटी संग्रहायलभित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानविन सुरु गरिएको बताए ।

 


Thali Mobile Pvt.Ltd.