भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पावर लगाएर बसेकाे बतास समूहलाई हटाएरै छाड्छौंः मन्त्री आले

पावर लगाएर बसेकाे बतास समूहलाई हटाएरै छाड्छौंः मन्त्री आले

काठमाडौं । नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अघि बढाइसकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बताएका छन् ।

बिहीबार सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री आलेले दरबार संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने अन्तिम तयारी भएको बताए । कुन प्रक्रिया मार्फत् हटाउने भन्ने विषयमा अहिले छलफल भइरहेको उनको भनाइ छ ।

मन्त्रीस्तरबाट वा मन्त्रिपरिषद्बाटै निर्णय गरेर भए पनि हटाइ छाड्ने अडान मन्त्री आलेले राखेका छन् । उनको उक्त निर्णयमा प्रधानमन्त्री देउवाको समेत हात रहेको छ ।

पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने परिपाटी खतम गर्ने आलेले बताए । मन्त्री आलेले नारायणहिटी संग्रहायलभित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानविन सुरु गरिएको बताए ।

 


Thali Mobile Pvt.Ltd.