नेपाल तेक्वान्दो संघ भक्तपुरको वार्षिक साधारण सभा सम्पन्न, खेललाई पर्यटनसंग जोड्नुपर्ने (भिडियो सहित)

नेपाल तेक्वान्दो संघ भक्तपुरको वार्षिक साधारण सभा सम्पन्न, खेललाई पर्यटनसंग जोड्नुपर्ने (भिडियो सहित)

काठमाडौं । नेपाल तेक्वान्दो संघ जिल्ला भक्तपुरको वार्षिक साधारण सभा सम्पन्न भएको छ । राष्ट्रका खेल र स्वास्थ्यका लागि खेलकुद मात्र नभएर पर्यटनका लागि पनि खेल हुनुपर्ने प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड बाग्मती प्रदेश आन्तरिक पर्यटन पुनरुत्थान समिति सदस्य तथा नेपाल उद्योग व्यापार महासंघ भक्तपुरका अध्यक्ष रामसुन्दर बकेले बताए ।

खेलडीहरू वैतनिक राजदूत भएकाले देश विदेशमा नेपालकाे खेल र पर्यटनलाइ प्रचार प्रसार गर्न आग्रह गर्दै साधारण सभा सफल्ताको शुभकामना व्यक्त गरे । नेपालको खेलकुदको इतिहासमा तेक्वान्दोको योगदान महत्वपूर्ण रहेको बकेले चर्चा गरे ।

खेलकुद संघमा विवादित नभएर फुटेका खेल संघहरुलाई एकै थलोमा ल्याउन र खेलकुद विकासलाई गति दिनु पर्ने अध्यक्ष श्याम तजलेले बताए । उनले आग्रह वा पूर्वाग्रह त्याग्नुपर्ने भन्दै खेलाडी मात्रै नभई प्रशिक्षक तथा निर्णायक समेत अनुशासन र जिम्मेवारी पूर्वक अघि वढ्नु पर्ने बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस्…

तेक्वान्दो मात्र नभई सम्पूर्ण खेल जगतमा उत्कृष्टता हासिल गर्दै र पर्यटनसंग खेल जोडेरप्रतियोगिता आयोजना गर्न खेलसम्वद्ध सबैलाई आग्रह गरे । कोभिड–१९ का कारण थला परेको खेलकुदलाई माथी उठाउन प्रशिक्षण तथा प्रतियोगिताहरु सुचारु गर्न पाउँदा खुशीको आशा पलाएको भक्तपुर अध्यक्ष दिपक थापाले बताए । परिणाममुखी खेलहरुको वर्गिकरण गर्दै राखेपले काम शुरु गर्नुपर्ने र नेपालमा निर्माण हुने खेलकुद पूर्वाधारहरुमा सबैको ध्यान पुग्नु पर्ने तेक्वान्दो डोजाङ्ग भक्तपुरका निवर्तमान अध्यक्ष इन्द्रभक्त चित्रकारले  बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानियस्तरमा आयोजना हुने खेलकुदलाई समेत विश्वव्यापीकरण गर्नुपर्ने धारणा राख्दै खेलकुदबाट चाहेको आकाक्षा पुरा गर्न भक्तपुरमा खेलकुद रंगशाला हुनुपर्ने धारणा राखे । नेपाल तेक्वान्दो संघ भक्तपुरका अध्यक्ष श्याम तजले, कोषाध्यक्ष बालकृष्ण साँद, सचिव रामबहादुर क्षेत्री र लेखापरिक्षक कृष्ण गाविन्द लाखाजले हस्ताक्षर गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

नेपाल तेक्वान्दोको उर्जा शक्तीलाई एकिकृत गर्दै तेक्वान्दोको विकासका लागि स्थानीयस्तरमा अघि वढ्नुपर्ने धारणा राख्दै भक्तपुरको तेक्वान्दो अघि वढाउन लागि पर्ने बताए ।

तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.