भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नेपाल–पाकिस्तानबीच हवाई उडान व्यवस्था गर्न पूर्वपरराष्ट्रमन्त्री पाण्डेको जोड

नेपाल–पाकिस्तानबीच हवाई उडान व्यवस्था गर्न पूर्वपरराष्ट्रमन्त्री पाण्डेको जोड

काठमाडौं । नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवर्द्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्ने पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले बताएका छन् ।

पाण्डेले दुवै मुलुकबीच पर्यटन प्रवर्द्धनको अधिक सम्भावना रहे पनि त्यसलाई सहज बनाउन हवाई उडानको व्यवस्था मिलाउनुपर्ने औंल्याए । दुई मुलुकबीच पर्यटन प्रवर्द्धनसम्बन्धी काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले दुई मुलुकबीच पर्यटन प्रवर्द्धनका लागि आवश्यक योजनाहरू बनाउने र त्यसलाई कार्यान्वयनमा लैजान ध्यान दिनुपर्ने बताए ।

पूर्व परराष्ट्रमन्त्री पाण्डेले दुई मुलुकबीच बेलाबेला उच्चस्तरीय भ्रमण गराउन पहल गर्नुपर्ने बताए । नेपालका लागि पाकिस्तानका राजदुत सईद हैदर शाहले दुवै मुलुकबीचमा पर्यटन प्रवर्द्धनका लागि प्रकृतिको संरक्षणमा जोड दिनुपर्ने बताउँदै उहाँले नेपालको प्राकृतिक, साँस्कृतिक सम्पदाहरुको अवलोकन गर्न पाकिस्तानी नागरिकहरूले चाहना राखेको उल्लेख गरे ।

त्यसको संरक्षणमा नेपाल सरकारले अझ बढि ध्यान दिने विश्वास व्यक्त गर्दै राजदुत शाहले दुवै मुलुकको भूगोल पर्यटन प्रवर्द्धनका लागि उपयुक्त रहेको उल्लेख गर्दै दुवै मुलुकले आपसी छलफलको माध्यमबाट पर्यटन प्रवर्द्धनम महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने स्पष्ट पारे । राजदुत शाहले नेपालसँगको पाकिस्तानको सम्बन्ध सुमधुर रहिआएको उल्लेख गर्दै अझै प्रगाढ भएर जानेमा विश्वास व्यक्त गरे ।

 

 


Thali Mobile Pvt.Ltd.