भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

नेपाल फर्किएलगत्तै सन्दीप लामिछाने पक्राउ पर्ने

नेपाल फर्किएलगत्तै सन्दीप लामिछाने पक्राउ पर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएलगत्तै पक्राउ पर्ने भएका छन् । बलात्कार उजूरीका आधारमा अनुसन्धानका लागि लामिछाने पक्राउ गरिने बुझिएको छ ।

हाल क्रिकेट खेल्न विदेशमा रहेका लामिछानेमाथि गौशाला प्रहरीमा उजूरी दर्ता भई छानबिनका क्रममा छ । सन्दीप क्रिकेट खेल्न विदेशमा जानुअघि घटना भएको उजुरीमा उल्लेख छ ।

पीडित नाबालिक अस्थाकी छिन् । नाबालिक रहेकाले घटना पुष्टि भएमा सन्दीप जेल जानुपर्ने हुनसक्छ । २२ वर्षीय सन्दीप नेपाली क्रिकेट जगतमा सर्वाधिक सफल क्रिकेटर मानिन्छन् ।

उनीमाथिको अभियोगले करिअरमै धक्का पर्ने सम्भावना बढ्दै गएको छ ।

 


Thali Mobile Pvt.Ltd.